डुडुवा गाउँपालिकाले गर्‍यो अग्निपिडितलाई नगदसहित राहत वितरण

शुक्रबार, असार ७, २०८१

डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिका—१ छिटईपुर्वा पाझा गाउँका अग्निपिडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिकाले अग्नीपिडितलाई नगदसहित त्रिपाल, चाउ चाउ, नमकिन, चिउरा, गुण (मिठाई) र पानी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । 

उनका अनुसार प्रत्येक घरधुरीलाई तत्कालको खाजा सेटसंगै प्रति घरधुरीलाई नगद रु दुई हजार वितरण गरिएको छ । बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३४ घर जलेर नष्ट भएको थियो । पालिका अध्यक्ष चौधरीको नेतृत्वमा राहत सामाग्री लिएर गएको टोलीले अग्निपिडितलाई राहत वितरण गरिएको हो । 

अग्नीपिडितसंग अध्यक्ष चौधरीले भेटघाट गर्दै आगलागी र क्षतिको अवस्थाबारे जानकारी लिएका थिए । उनीसंगै गएको स्वास्थ्यकर्मी टोलीले स्थानीयहरुको स्वास्थ्य समेत परिक्षण गरेको थियो । 

फुसको घरहरु जलेर नष्ट भएपछि विस्थापित भएका परिवारहरु गाउँपालिकाले निमार्ण गरेको आश्रय स्थालमा बसीरहेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताइन्  । वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको उपस्थिती रहेको थियो । 

अग्नीपिडितहरुलाई जिल्ला विपद् समितिले राहत स्वरुप केही नगद वितरण गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्