नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छु, छिट्टै आउने कुरा छ: प्रधानमन्त्री

बिहीबार, असार ६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा सहभागी हुन पुगेका प्रचण्डले मोदीलाई कार्यकालको शुभकामना दिँदै नेपाल भ्रमणको निम्तो दिएको आजको संंसद बैठकमा बताएका हुन् ।

सो क्रममा मोदीले उनलाई छिट्टै औपचारिक भ्रमणमा आउने बताएकोसमेत प्रचण्डले प्रतिनिधि सभाको बिहीबारको बैठकमा जानकारी दिए । 

उनले भने, ‘श्री नरेन्द्र मोदीलाई भ्रमणको निम्तो दिएको छु, छिट्टै आउँछु भन्नु भएको छ ।’ 

उनले दुई देशबीचको सम्बन्ध मजबुद हुने विश्वाससमेत व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्