टी-२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

बिहीबार, असार ६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली राष्ट्रिय टोली टी–२० विश्वकप खेलेर स्वदेश फर्किएको छ । टोली दुई समूहमा फर्किएको हो ।  एउटा समूह आज बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो भने अर्को समूह बिहान १० बजे अवतरण गरेको हो । 

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा जारी टी–२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो । 

समूह डीमा रहेको नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो । 

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो । नेपाल यसअघि सन् २०१४ को विश्वकपमा सहभागी भएको थियो । 

यसपालि पराजित भए पनि नेपालले अबका विश्वकपमा निरन्तर स्थान बनाउने गरी तयारी गर्नुपर्नेमा जोड दिइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्