लघु उधमीहरुलाई ॠणमा पहुँच सम्बन्धि अन्तर्कृया

बिहीबार, असार ६, २०८१

दाङ । दाङको दंगीशरण गाउँपालिकाको आयोजनामा लघु उधमीहरुलाई ॠणमा पहुँच सम्बन्धि अन्तर्कृया कार्यक्रम गरिएको छ।  गाउँपालिकाको वडा न ५ को डाडाचिसमा सम्पन्न भएको कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्कृया कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिला दिदिबहिनीहरुलाई उधमी बनाउन आफुहरुको उदेश्य अनुरुप लघुउधमीहरुलाई ॠणको पहुँच  दिलाउन अन्तर्कृयाले सहयोग पुग्ने बताए। उधम श्रीजना गर्दा आर्थिकको आबश्यकता हुने र ऋणबाट उधग शुरु गरी ऋणको सहि सदुपयोग गरेर आम्दानि गर्न सक्नुपर्ने गिरीले बताए ।

ऋण लगेर ऋणलाई उत्पादित क्षेत्रमा खर्च गरी आम्दानी गर्नसके मात्र ऋण कर्जाको सहि सदुपयोग हुने उनको भनाइ थियो ।पछिल्लो समयमा विशेष गरी महिलाहरुमा धेरै जिम्मेवारी थपिएको र बिदेशमा श्रीमान तथा छोराछोरीले पठाएको पैसालाई सहि प्रयोग र उचित सदुपयोग गरेमात्र पारीवारीक सद्भाव रहने उल्लेख गरे । 

यस्तै वडा न ५ का वडा अध्यक्ष वस्नेतले सिप सिकि उधमी बन्न चहाने समुहहरुले पहिले उधम शुरु गर्नुपर्ने र बाँकि सहयोग वडा र गाउँपालिकाले गर्ने बताए । 

अन्तर्कृया कार्यक्रममा मिर्मिरे लघुबित्तका सन्तु मल्ल र जाल्पा लघुबित्तका सुनिता शर्माले कर्जा प्रवाह तथा लघुबित्तको सेवा सुबिधावारे जानकारी गराएका थिए ।कार्यक्रमको सहजीकरण लघुउधम साखा प्रमुख कल्पना बिष्टले गरेकी थिइन्  ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्