काठमाडौंबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

सोमबार, असार ३, २०८१

काठमाडौं । काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

३७ वर्षीय चिनियाँ मुलका सेनाम गुरुङलाई काठमाडौं-६ तिनचुलीमा रहेको उनकै घरबाट ६ किलो सुन र ४८ लाख रुपैयाँ बरामद गरेको सीआईबीले जनाएको छ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा सेनामको घरमा सीआईबीले छापा मार्दा सुन र नगद फेला परेको सीआईबीले जानकारी दिएको छ।

पक्राउ परेका सेनामसँँग थप अनुसन्धान गरिरहेको सीआईबीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्