बकर इदको रौनक, इदगाहमा सामूहिक नमाज

सोमबार, असार ३, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद उल अजहा) आज धुमधामसंग मनाइँदैछ । नेपालगञ्जमा पनि बकर इदको रौनक देखिएको छ । 

इदको अवसरमा इस्लाम धर्मावलम्बीले नेपालगञ्ज विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेका छन् । बाँकेमा मुस्लिम समुदायको बाक्लो बसोबास छ । यहाँ इदको विशेष उल्लास हुन्छ ।

बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी ९बली० दिने गर्दछन् । 

कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवार, एक आफ्ना इष्टमित्र र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्