सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो भेरीमा बेपत्ता भएका दुई बालकको शव

आइतबार, असार २, २०८१

सुर्खेत । सुर्खेतको भेरी नदीमा बेपत्ता भएका दुई जना बालकको शवलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ।

 शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका-२ स्थित भेरी नदीमा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शवलाई सशस्त्र प्रहरीको गोताखोरले निकालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेत प्रहरीका अनुसार सुर्खेतस्थित सशस्त्र प्रहरीको नंं. ६ महेश्वरी बाहिनीबाट गएको गोताखोरको टोलीले आज दिउँसो साढे १२ बजे भुपेन्द्रको र त्यसको आधा घण्टापछि विनोदको शवलाई ३० फिट गहिराईबाट निकालेको हो।

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्