घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

शनिबार, असार १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ ।  निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १–१ रुपैयाँ मूल्य घटाएको हो । 

नयाँ मूल्यसूची अनुसार काठमाडौँलगायत तेस्रो वर्गको क्षेत्रहरुमा पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । दोस्रो बर्गको क्षेत्रमा १ सय ६४ र पहिलो बर्गमा १ सय ६२ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, काठमाडौँलगायत तेस्रो वर्गको क्षेत्रहरुमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५२ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गको क्षेत्रमा १ सय ५१ र पहिलो बर्गमा १ सय ४९ रुपैयाँ कायम भएको छ । 

भारतीय आयल कर्पोरेसनकाट नयाँ मूल्यसूची सार्वजनिक भएसँगै निगमले मूल्य घटाएको हो । निगमले अहिले प्राप्त सूचीका आधारमा स्वचालित मूल्य कायम गर्दै आएको छ । 

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने भने मूल्य स्थिर राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्