आमा-छोराको पहिरोले पुरिएर मृत्यु

सोमबार, साउन ८, २०८०
Neuro hospital Nepalgunj

बैतडी । भीषण पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु भएको छ । 

बैतडीको पुर्चौडी-२ भैरु टोलला २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको  पहिरोले घर पुरिँदा मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।

पहिरोबाट अञ्जुकी सासु ४५ वर्षीया राइमती , १७ वर्षीय देवर गोब्बर जागरी र सोही घरमा आएकी क्षिमेकी पाहुना ६० वर्षीया जस्मा बोहरा  घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यहा रहेका १ दर्जन बढी चौपाया समेत मरेका छन् । मृतक अञ्जुका श्रीमान भारतमा रोजगारीको सिलसिलामा छन् ।

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्