डिजिटल साक्षरताका लागी दंगीशरणका २ सय २० बढी घरमा वाइफाइ जडान

शनिबार, असार १, २०८१

दाङ । दाङको दंगीशरण गाउँपालिकाको वडा नम्बर ३,४,५ र ६ मा  साझेदारीमा वाइफाई जडान गर्न थालिएको छ ।

जर्सी ओभरसिज एडको आर्थीक सहयोग, प्राक्टिकल एक्सनको साझेदारी, डिपोक्स नेपाल र गाउँपालिकाको सहकार्यमा समुन्नती डिजिटल वडा अन्तर्गत साक्षरता अभियानमा सहभागिहरुको घरमा वाइफाई जडान गर्न थालिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए। 

उनका अनुसार समुहका सदस्यको थोरै लगानि र धेरैजसो लगानि डिप्रोक्स र ओभरसिजको लगानीमा वाइफाई जडान गरिने भएको छ ।गाउँपालिकालाइ डिजिटल प्रणालीमा विकाश गर्ने योजनासहित यो कार्यक्रममा सहकार्य गरिएको अध्यक्ष गिरीले बताए। 

पहिलो चरणमा झन्डै २ सय २० भन्दा बढि घरमा वाइफाई जोड्ने लक्ष्य राखिएको उनले भने । वाइफाई जडान गरिएसँगै सम्पुर्ण इन्टरनेटिय कामहरु गर्न सहज हुने अपेक्षा गरिएको छ । पछिल्लो समय हरेक काम घरमैवसी डिजिटल माध्यमबाट गरी समय र आर्थिक कुराको बचतमा सहयोग मिल्ने स्थानीयहरुको अपेक्षा रहेको दिप्रोक्सका कल्पना खड्काले बताइन्  ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्