बाँकेको राप्तीसोनारीमा टिपरको ठक्करबाट मोटरसाइकल सवार स्थानीयको मृत्यु भएपछि टिपरमा आगजनी

सहमति भएपछि रातभर सडकमै रहेको शवको पोष्टमार्टम
शुक्रबार, जेठ ३२, २०८१
Neuro hospital Nepalgunj

राप्तीसोनारी। बाँकेको राप्तीसोनारी गाउँपालिका-९ स्थित पूूर्वपश्चिम राजमार्गको ढकेरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार एक जनाको मृत्यु हुँदा स्थानीय टिपर नै जलाएका छन् ।

गएराति ढकेरीमा शम्शेरगन्जतर्फबाट कोहलपुरतर्फ जाँदै गरेको भे१ख ३०१९ नम्बरको टिपरले पश्चिमबाट पूूर्वतर्फ जाँदै गरेको भे१०प १४९३ नम्बर मोटरसाइकल ठक्कर दिदा मोटरसाइकल सवार राप्तीसोनारी-८ का ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

मोटरसाइकल सवार विष्टको मृत्यु भएपछि आक्रोशमा आएका स्थानीय चक्काजाम गर्दै उक्त भे१ख ३०१९ नम्बर टिपरमा तत्कालै आगजनी गरेका थिए।

पीडितहरुले उचित क्षतिपुर्तीको माग गर्दै बिहानसम्म चक्काजाम गर्दा नेपालगन्ज हुँदै फत्तेपुर भएर जाने हुलाकी सडकबाट अन्य सवारीसाधनलाई पठाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। बिहान अबेरमा सहमति हुँदा शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको थियो।

प्रहरीले चालकको पहिचान भइसकेको र उनलाई तत्काल पक्राउ गर्ने सहमति भएपछि रातभर सडकमै रहेको मृतकको शवलाई पीडितहरुले उठाउन दिएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्