नेपाल प्रहरीका ४ एसएसपीको पदस्थापन, श्यामकृष्ण अधिकारी सुदूरपश्चिममा

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं । बिहीवार नेपाल प्रहरीको एसएसपीको दर्ज्यानी चिन्ह पाएका चारै जना एसएसपीको पदस्थापन भएको छ।

एसएसपी श्यामकृष्ण अधिकारीको सुदूूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ।

त्यसैगरी रवीन्द्र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालय , एसएसपी भीमबहादुर दाहालको कोशी प्रदेश प्रहरी कार्यालय र नान्तिराज गुरुङको बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

जेठ २९ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार चारै जनालाई एसएसपीमा बढुवा गर्ने निर्णय भएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्