ताप्लेजुङमा पहिरोमा पुरिएर एकै घरका ४ जनाको मृत्यु

शुक्रबार, जेठ ३२, २०८१
Neuro hospital Nepalgunj

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ। पहिरोमा परेर २ जना घाइते भएका भएका छन् । जिल्लाको  फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु हुँदा दुईजना घाइते भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । 

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् ।प्रहरीका अनुसार मृतकहरु सबै फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका परिवार हुन् । 

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्