प्रहरीको एसएसपी र एसपीमा बढुवा भएकाले पाए दर्ज्यानी चिन्ह

बिहीबार, जेठ ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीको एसएसपी र एसपीमा बढुवा भएकाहरुले दर्ज्यानी चिन्ह पाएका छन् ।

जेठ १८ गतेको सिफारिस अनुसार  एसपीबाट एसएसपीमा बढुवा भएका श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङलाई आज आईजीपी बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यस्तै डीएसपीबाट एसपीमा बढुवा भएका प्रदीपबहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मार एकनारायण कोइरालाले पनि आजै आईजीपी कुँवरबाट दर्ज्यानी चिन्ह पाएका हुन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्