पर्वत समाज बेल्जियम थाल्यो पर्वत जिल्ला अस्पतालको स्तरोन्तीका लागि नगद संकलन अभियान

बिहीबार, जेठ ३१, २०८१
Neuro hospital Nepalgunj

बेल्जियम । अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना तथा पर्वत समाज बेल्जियमको व्यवस्थापनमा आगामी जुन २४ सोमबार बेल्जियमको लुभेनमा च्यारिटि तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

पर्वत जिल्लामा रहेको जिल्ला अस्पतालको प्रांगनमा विरामी तथा विरामी कुरुवाहरुलाई सहज र प्राकृतिक दृष्टिकोणले आनन्दमय वातावरण सृजना गर्न समाजले आफ्ना वैदेशिक शाखाहरु मार्फत यस प्रकारको च्यारिटी कार्यक्रमहरु आयोजना गरिएको समाजका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष तथा कार्यक्रम संयोजक झलक केसीले बताए । 

अध्यक्ष केसीका अनुसार पर्वतको कुस्मा तथा यसका आसपासमा रहेका अन्य स्वास्थ्य सेवा प्रदायक सरकारी संस्थाहरुलाई व्यवस्थित तथा स्तरोन्ती गर्न स्थानीय पर्वतबासीहरुको माग र आवश्यकतालाई मध्य नजरगरी समाजले आफ्ना वैदेशिक शाखाहरु मार्फत आर्थिक संकलन अभियानलाई तिब्रता दिएको बताउनुका साथै पहिलो चरणमा जिल्ला अस्पताल तथा यसका आसपासमा रहेका अन्य स्वास्थ्य प्रदायक सरकारी निकाय भित्रका केहि ससाना संरचनाहरुलाई आवश्यकता अनुसार परिमार्जित गर्दै लानु पर्ने र यसमा नेपाल सरकारका स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई समेत आफुहरुले झकझकाएको अवस्थामा यी सबै निकाय तथा समाजको संयुक्त सहयोगमा समाजले साँस्कृतिक कार्यक्रम सहितको च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । 

अध्यक्ष केसीले स्वास्थ्य सेवा प्रदायक संस्थाको बृहत्तर विकासका लागि आयोजना गरिन लागेको यस कार्यक्रममा संसारभरी छरिएर रहेका पर्वतबासीm अन्य छिमेकी जिल्ला तथा सबैलाई कार्यक्रममा सहभागि हुन आग्रह समेत गरे । 

आयोजकका अनुसार उक्त च्यारिटी कार्यक्रममा कलाकारद्धय बिष्णु खत्री र सुमी घिमिरे सापकोटाको जोडदार प्रस्तुति समेत रहने बताएका छन् । 

   

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्