बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

बिहीबार, जेठ ३१, २०८१
Neuro hospital Nepalgunj

बुटवल । रुपन्देहीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै लु२च ८५३१ नम्बरको जिप गएराति बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका ३ जनालाई डाक्टरले मृत घोषणा गरेका थिए । जिप सडकबाट एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्