टी-२० विश्वकप: भारत सुपर एटमा, अमेरिका ७ विकेटले पराजित

बिहीबार, जेठ ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा भारतले अमेरिकालाई हराउँदै सुपर एटमा पुगेको छ। गए राति भएको खेलमा आयोजक अमेरिकालाई ७ विकेट पराजित गरै भारतले समूह चरणको अन्तिम खेलअगावै  सुपर एटमा पुगेको हो।

भारतले टस जितेर बलिङ गर्दै अमेरिकाले गरेको पहिलो ब्याटिङमा २० ओभरमा ८ विकेट गुमाएर दिएको १११ रनको लक्ष्यलाई भारतले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको थियो।

भारतका लागि ओपनर बिराट कोहली १ रन रोहित शर्मा ३ रनमा आउट हुँदा ऋषव पन्तले १८ रन बनाए। त्यस्तै भारतका शिवम दुवेले ३१ रन र सुर्यकुमार यादवले ५० रन बनाए। अमेरिकाका सौरभ नेत्रावाल्करले २, अली खानले १ विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाउदा स्टेभन टेलरले २४,कोरी एन्डरसनले १५ रन बनाएका थिए। अमेरिकाविरुद्ध बलिङ गर्दै भारतका अर्शदीप सिंहले ४,हार्दिक पान्डयाले २ र अक्षर पटेलले १ विकेट लिएका हुन् ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्