सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ ।
अमेरिकाको लाउडरहिलमा हुनुपर्ने खेल वर्षाका कारण टससमेत हुन नसकेपछि रद्द भएको हो । वर्षा रोकिएको भए पनि आउटफिल्ड गिलो भएका कारण खेल शुरु हुन नसकेको हो ।
खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । यो खेल रद्द भएपछि दुवै टिमले एक एक अंक हासिल गरेका हुन् ।
अब नेपालले सुपर एटमा प्रवेश गर्न खेल्न बाँकी दुवै खेल जित्नुपर्नेछ ।
एक अंक बटुलेसँगै समूह चरणमा नेपालले अमेरिकाको खेल यात्रा पनि सकाएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजय भोगेको थियो ।
श्रीलंकाले यसअघिका दुवै खेल हारिसकेकाले सुपर एट सम्भावनाबाट बाहिरिएको छ ।
अंक तालिका
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुग्ने जारी विश्वकपकै पहिलो टिम बनेको छ । २ खेलबाट २ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने २ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ ।
नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ । नेपालले बलिया प्रतिद्धन्द्धीहरु दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ ।