सरकारले ल्याएको कृषिसम्बन्धी कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न सक्दैन: सांसद गौतम

मंगलबार, जेठ २९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  । सरकारले ल्याएको कृषिसम्बन्धी कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने नेपाली कांग्रेसका सांंसद सञ्जय गौतमले दाबी गरेका छन् ।

आजको संंसद बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । 

उनले समाजवाद उन्मुख भन्नेहरूले पनि पूँजीवाद उन्मुख भएर कृषि सम्बन्धी कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताए । सांसद गौतमले नेपाललाई किसानहरूको देशको रूपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरूको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताए ।

सांसद गौतमले भन्ने बेलामा समाजवाद भन्ने अनि बजेट पूँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमति रहेको समेत बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्