यी प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, साउन ८, २०८०

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार देशभरका अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

साथै  देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 महाशाखाले भारी वर्षाका कारण हुन सक्ने प्राकृतिक प्रकोपबाट साबधान रहन आग्रह समेत गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्