फ्लोरक्रस भएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सोमबार, जेठ २८, २०८१
Neuro hospital Nepalgunj

पोखरा । नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सरकारको बनेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री पाण्डेले आजको गण्डकी प्रदेश सभाको बैठकमा  माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि विश्वासको मत पाएका हुन् । पाण्डेका पक्षमा ३१ सांसदले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेससहित राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) ले समर्थन गर्दै विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री पाण्डेको विपक्षीमा एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले  मत हालेका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्