भित्रियो नेपालमा मनसुन

सोमबार, जेठ २८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । यस वर्षको मनसुन नेपालमा  भित्रिएको छ ।  यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनमित्रै क्रमिक रुपमा फैलिँदै जाने बताएको छ ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मिति भन्दा ढिलो–चाँडो पनि मनसुन भित्रिने गर्दछ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्