सन्दीप लामिछाने पुगे विश्वकपका दुई खेल खेल्न वेष्ट इन्डिज

सोमबार, जेठ २८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । टी-२० विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछाने वेष्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।

उनले वेष्ट इन्डिजमा उत्रिएको तस्बिरसँगै सन्देशसमेत लेखेका छन् । सो सन्देशमा उनले अमेरिकी भिसाका लागि प्रयास गर्ने सबैमा धन्यवाद दिँदै अमेरिकाको भिसा नलागे पनि वेष्ट इन्डिजमा हुने दुई खेल खेल्नका लागि आफू वेष्ट इन्डिज आइपुगेको बताएका छन् । 

उनले वेष्ट इन्डिज यात्राका लागि क्यान अध्यक्ष र सचिवको नामै तोकेर धन्यवाद दिएका छन् । यसअघि क्यानले सन्दीपको पोष्ट भन्दा करिब डेढ घण्टा अगाडि मात्रै सन्दीपले वेष्ट इन्डिजमा गएर दुई खेल खेल्ने बताएको थियो । 

नेपाल विश्वकपको समूह डीमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग अमेरिकामा पराजय भोगेको छ भने अर्को खेल बुधबार श्रीलंकाविरुद्ध हुनेछ । 

बाँकी दुई खेल वेष्ट इन्डिजमा हुनेछन् । दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्न सन्दीप वेष्ट इन्डिज पुगेका हुन् । 

बलात्कार मुद्दामा काठमाडौंँ जिल्ला अदालतमा दोषी ठहर सन्दीप उच्च अदालत पाटनबाट सफाइ पाएपछि विश्वकप खेल्ने पहल भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्