नरेन्द्र मोदीको शपथमा सहभागी हुन भारत गए प्रधानमन्त्री दाहाल

आइतबार, जेठ २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । तेस्रो पटक भारती प्रधानमन्त्री बनेका  नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानूनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत गएका छन् ।तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज बेलुकी ७ः१५ बजे शपथ लिँदैछन् ।

मोदीले निर्वाचनको परिणामपछि प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए ।

मोदीसँग छलफलसमेत हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्