विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी, अन्य ५ सरकारी गाडी तोडफोड

आइतबार, जेठ २७, २०८१
Neuro hospital Nepalgunj

विराटनगर । मोरङमा आन्दोलनरत विद्यार्थीहरुले सरकारी गाडी जलाएका छन् ।

रंगेलीका ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा  शुक्रवारदेखि आन्दोलनरत विद्यार्थीहरुले आज विराटनगरमा सरकारी गाडी जनाएका हुन् ।

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि गुडिरहेको प्रदेश योजना आयोगको सरकारी गाडीमा ढुङ्गामुढा गर्दै जलाएको मोरङ प्रहरीले जनाएको छ।

आन्दोलनरत विद्यार्थीको समूहले ५ वटा अरु सरकारी गाडी पनि तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्