माछा मार्ने क्रममा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

आइतबार, जेठ २७, २०८१
Neuro hospital Nepalgunj

दाङ ।  राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। दाङ प्रहरीका अनुसार राप्ती गाउँपालिका-२ बराखुटीका ४० वर्षीय सनबहादुर पुनको माछा मार्ने क्रममा राप्ती नदीमा डुबेर मृत्यु भएको हो।

शीतगङ्गा नगरपालिका-८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए। पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्