साउथ अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले हरायो, अझै नेपाललाई छ मौका

आइतबार, जेठ २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । जारी टी–२० विश्वकप क्रिकेटमा समूह डी को खेलमा दक्षिण अफ्रिकाले संघर्षपूर्ण जित हासिल गरेको छ। गए राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित हासिल गरेको हो । 

अमेरिकाको न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी बनेको हो । खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेटको क्षतिमा १०३ रनमात्र बनाउन सक्यो । साइब्राण्ड एन्जलब्रेचले ४५ बलमा ४० तथा लोगन भान बीकले २२ बलमा २३ रन बनाएको इनिङ्सलाई सस्तैमा सम्ट्ने क्रममा ओटनेल ब्राटमानले ११ रन खर्चेर ४ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा जित हालिस गर्यो । 

१२ रन बनाउँदा ४ विकेट गुमाएर संकटमा परेको दक्षिण अफ्रिकालाई डेभिड मिलरले उद्धार गरेका थिए । उनले ५१ बलमा अविजित रहँदै ५९ रन बनाए । त्यस्तै ट्रिस्टन स्टब्सले ३७ बलमा ३३ रन बनाए । नेदरल्याण्ड्सका भिभान किंग्मा र लोगन भान बीकले २–२ विकेट लिए।

समूह डीमा दक्षिण अफ्रिका २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहको छ भने १ खेलबाट बंगलादेश २ अंकसहित दोस्रो स्थानमा छ । २ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेदरल्याण्ड्ससँग पराजित नेपाल चौथो तथा बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित श्रीलंका पाँचौँ स्थानमा छ । हालसम्म नेपालले एउटा मात्र खेल खेलेको अवस्था एक खेल हार्दा पनि  नेपाललाई मौका रहेको छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्