नेपालगञ्जमा स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र दर्ता तथा नविकरण गर्न आह्वान

आइतबार, साउन ७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र दर्ता तथा नविकरण गर्न आह्वान गरेको छ ।

स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा जोडिन पनि आह्वान गरिएको छ । 

सहयोगात्मक अनुगमन तथा स्वास्थ्य संस्था दर्ताको आह्वानसँगै सूचना प्रदान गर्न सम्बन्धित संस्थामै पुगेर उपमहानगरका जनस्वास्थ्य निरीक्षकद्वय जागेश्वर बस्नेत र तेज वलीद्वारा अध्ययन गर्न थालिएको छ।

यसैक्रममा आज विभिन्न स्वास्थ्य संस्थाको अनुगमनसंगै अभियानबारे जानकारी प्रदान गरिएको छ । 

अब क्रमशः सबै संस्थामा पुगेर सहयोगात्मक सुपरिवेक्षण गरिने जनस्वास्थ्य निरिक्षक  बस्नेतले जानकारी दिए । भोलि पनि अभियानलाई निरन्तरता दिइने बस्नेतले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्