टी-२० विश्वकपमा श्रीलंकाको दोस्रो हार, बंगलादेश २ विकेटले विजयी

शनिबार, जेठ २६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंंकालाई हराउँदै विजयीको शुरुआत गरेको छ ।  आज बिहान डालासमा भएको खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो । 

बलरहरु हावी भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा १२४ रन बनायो । पथुम निसंकाले २८ बलमा ४७ तथा धनञ्जय डे सिल्भाले २६ बलमा २१ रन बनाए । 

मुस्तफिजुर रहमान र रशद हुसेनले समान ३–३ विकेट लिए । 

जवाफमा बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल गर्यो । 

बंगलादेशका लागि टहिड हृदयले २० बलमा ४० तथा लिटिन दासले ३८ बलमा ३६ रन बनाए । त्यस्तै महमुल्लालले रन बनाए बाहेक अन्य कुनै पनि खेलाडीले दाहोरो स्कोर खडा गर्न सकेनन् । नुवान थुसराले १८ रन खर्चेर ४ विकेट लिए ।

समूह डीमा श्रीलंका यसअघि दक्षिण अफ्रिकासँग पराजित भएको थियो । बंगलादेशले पहिलो खेल खेलेको हो । त्यस्तै नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्