तुलसीपुरमा सेनाका जवानले गरे आफ्नै श्रीमतीको हत्या, खुकुरीसहित फरार जवान पक्राउ

शुक्रबार, जेठ २५, २०८१

तुलसीपुर । नेपाली सेनाका एक जवान आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

दाङको तुलसीपुरमा  उपहानगरपालिका-६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले  २७ बर्षीया  श्रीमती टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्यापछि खुकुुरीसहित फरार भएकै अवस्थामा खुकुरीसहित पक्राउ परेका छन् ।

आज बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्या पछि सोही खुकुरी लिएर फरार थिए।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले आज बिहान सवा ८ बजेतिर श्रीमतिको हत्यापछि आरोपित ब्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा प्रहरीले  उनलाई नियन्त्रणमा लिएको छ । श्रीमतीले बिवाहत्तर सम्बन्ध राखेका कारण आवेगमा आएर श्रीमतीको हत्या गरेको प्रहरी समक्ष आरोपितले बयान गरेका छन् ।

आफ्नै आर्मी साथीसंग लसपसका कारण आँफुले श्रीमतीको हत्या गरेको उनले बताएको एक प्रहरी अधिकारीले बताए ।घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्