टी-२० विश्वकप: पाकिस्तानलाई हराउँदै अमेरिकाले रच्यो इतिहास

शुक्रबार, जेठ २५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । पाकिस्तान अमेरिकासँग पराजित भएको छ। अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले पाकिस्तानलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको छ । 

अमेरिकाले पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको हो । डालासमा बिहीबार राति भएको खेलमा अमेरिका सुपर ओभरमा विजयी भएको हो । 

खेलको निर्धारित २० ओभरमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनायो । 

जवाफमा अमेरिकाले पनि २० ओभरमा ३ विकेटको क्षतिमा १५९ रन नै बनायो । सुपर ओभरमा निर्णायक भएको खेलमा अमेरिकाले १ विकेटको क्षतिमा १८ रन बनाएकामा पाकिस्तानले १ विकेटको क्षतिमा १३ रनमात्र बनाउन सक्यो । 

यो विश्वकपको दोस्रो सुपर ओभरको खेल हो । यसअघि नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो।अमेरिकाले लगातार दोस्रो जित हासिल गरेर सुपर एटमा पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि अमेरिकाले क्यानाडालाई हराएको थियो । 

समूह एको अमेरिकाले २ खेलमा ४ अंक बटुलेको छ । आयरल्याण्डलाई हराएको भारतको १ खेलमा २ अंक छ । पाकिस्तान, क्यानाडा र आयरल्याण्ड अंकविहीन छन् । पाकिस्तानको सुपर एट मुस्किलतिर गएको छ । हरेक समूहबाट दुई टिम सुपर एटमा पुग्छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्