हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने काम अविलम्ब बन्द गर्नुपर्छ: राप्रपा

आइतबार, साउन ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गर्न राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आग्रह गरेका छन् । 

केही दिनयता साम्पाङको अभिव्यक्ति र कार्यको आलोचना भइरहेका बेला प्रवक्ता श्रेष्ठले हिन्दू धर्म र सनातन धर्मसंस्कृतिप्रति भ्रम पैदा गर्नेगरी दिएको साम्पाङको अभिव्यक्ति र शैली अशोभनीय र खेदजनक रहेको बताएका छन् । 

‘हिन्दूहरुप्रति निरन्तर तुच्छ गालीको भाषा बोल्ने, सनातन धर्मसंस्कृतिप्रति भ्रम पैदा गर्ने, शालीन प्रतिवाद गर्नेलाई उल्टो चेतावनी दिने धरानका मेयर साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक छन् । 

सामाजिक सदभाव खल्बल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम तिनले अविलम्ब बन्द गरून्,’ उनले फेसबुकमा लेखेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्