बेल्जियममा पनि मनाइँयो किराँतहरुको मुख्य पर्व उभौली

बिहीबार, जेठ २४, २०८१
Neuro hospital Nepalgunj

बेल्जियम । संयुक्त किराँत समाज बेल्जियमले गत शनिवार पानी पर्ने र बालिनाली लगाउनु पुर्व गरिने भूमी पुजा उभौली सेवा तथा याले सम्वत ५०८४ पर्व बेल्जियमको सामुन्द्रीक किनाराको शहर सुन्दर शहर ओस्टण्डेमा सम्पन्न गरेको छ । 

समाजकी अध्यक्ष कविता साउदेनका अनुसार समाजले बिदेशमा हुर्किदै गरेका दोश्रो पुस्तालाई आफ्नो साँस्कृतिक पहिचानका बारेमा जानकारी दिन आफुहरुले प्रत्येक बर्ष यो पुजा कार्यक्रम आयोजना गर्ने गरेको बताइन्  । 

कार्यक्रममा बेल्जियमका लागि नेपाली दुतावासका तृतीय सचिब रमेश गैरे, गैरआवासीय नेपाली संघ बेल्जियमकी महिला उपाध्यक्ष सावित्रा गिरी लगायत विभिन्न सामाजिक संघसंस्थाहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा समाजका जेष्ठ नागरिकहरुवाट प्रकृति तथा भूमि पुजा गरिनुका साथै एक आपसमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । समाजका सचिब दौलतकुमार साम्बाका अनुसार कार्यक्रममा दोश्रो पुस्ता लगायत अन्य विभिन्न संघसंस्थाहरुको उपस्थितिले आफ्ना परम्परागत संस्कृतिको संरक्षण र सम्वर्धनमा ठुलो सहयोग पुगेको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्