'बालेनले न्यूरोडमा फुटपाथ बढाउन लागेको काम ठिक छ, संघीय सरकारको हस्तक्षेप नहोस्'

बिहीबार, जेठ २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले गर्न लागेको न्यूरोडमा फुटपाथ बढाउने कार्यम हस्तक्षेप नगर्न सरकारसँ माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेनलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए ।

'संघीय सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ । न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए । बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । कुनैपनि प्रकारको हस्तक्षेप गर्ने तरिकाबाट संघीय सरकार फिर्ता हुनुपर्छ ।’शर्माले भने।

स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्