ललितपुरका घरघरमा अब नगर प्रहरी

बिहीबार, जेठ २४, २०८१

ललितपुर ।  ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने मूल नाराका साथ नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि  ललितपुर महानगरपालिकाले परिचालन कार्यक्रम सुरु गरेको छ । 

ललितपुर महानगरले आज एक कार्यक्रम गर्दै घर घरमा नगर प्रहरी कार्यक्रम सुरु गरेको जानकारी गराएको छ । घर घरमा नगर प्रहरी कार्यक्रमको समुदघाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगरबासीको महानगरप्रति नाता अझ नजिक हुने बताए । 

दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख सीताराम हाछेथूले जानकारी गराए । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्