नरेन्द्र मोदीको सपथ समारोहमा प्रधानमन्त्री दाहाल भारत जाने तयारीमा

बिहीबार, जेठ २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । मित्रराष्ट्र भारतको निमन्त्रणा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् । 

नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् । मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारथको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । 

भारतीय मिडियाहरुले शनिबार मोदीले शपथ लिने तयारी गरेको उल्लेख गरेका छन् । शनिबारकै लाग राष्ट्रपति कार्यालयलेसमेत शपथको तयारी गरेको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् ।

जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ।

मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ। भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ ।५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ ।   

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्