वैदेशिक प्रवासी नेपाली संघ पोल्याण्डको संयोजकमा मित्रलाल पार्दे

बिहीबार, जेठ २४, २०८१
Neuro hospital Nepalgunj

बेल्जियम । पोल्याण्डमा बस्ने बैदेशिक प्रवासी नेपालीहरुको भेलाले बैदेशिक प्रवासी नेपाली संघ  (एफआरएनए) पोल्याण्डको तदर्थ समिति गठन गरेको छ । 


शनिवार सम्पन्न भेलाले सङ्घको परिकल्पनाकार एवम् पानी अभियन्ता मित्रलाल पार्देको संयोजकत्वमा २० सदस्यीय तदर्थ समिति गठन गरेको हो । जस्को सदस्यहरुमा सुसन परियार, मुकुन्दहरी चालिसे, सिम्रन कटुवाल, विशाल रम्तेल, योगेन्द्र कार्की, जीवन खत्री, सुमित गौतम, दीपक भट्ट,  प्रसन्न सापकोटा, निमा शेर्पा,  अनिस दाहाल, नेत्रमणी बास्तोला,एण्जेल कठायत, रामचन्द्र परियार, सुधा कोइराला, नवराज थापा, आशिष श्रेष्ठ, दीपक श्रेष्ठ र हरिशचन्द्र गिरी रहेका छन् । 

यसैगरी बैदेशिक प्रवासी नेपाली सङ्घको गत मे २८ मा रोमानियामा भएको भेलाले नयाँ  तदर्थ समिति गठन गरिएको छ । जस्को संयोजकमा तृुल्सीराम भण्डारी, सह संयोजकमा मनिष मगर, महासचिबमा सुमन मोक्तान सचिबमा परी रिजाल, आर्थिक संयोजकमा बुद्ध रावत, साँस्कृतिक संयोजकमा टिका माझी, खेलकुद संयोजकमा लेखनाथ कटुवाल, संचार संयोजकमा सन्तोष चौलागाई, सह संचार संयोजकमा शरद लम्साललाई चयन गरेको छ ।
त्यसैगरी रोमानियाको सदस्यहरुमा छिरिङ शेर्पा, राहुल परियार, आयुष तामाङलाई चयन गरेको छ । 
अभियन्ता पार्देका अनुसार प्रवासी नेपालीहरु हकहित र संरक्षण सम्वर्धनका लागि विदेशमा खोलिएका अन्य संघसंस्थाहरुले वास्तविक नेपालीहरुको सवाल समेट्न नसकेको भारत जस्ता विशाल मुलकमा समेत लाखौको संख्यामा बैदेशिक प्रवासी नेपाली रहेको अवस्थामा उनीहरुको समेत हकहितका लागि आफुहरुले काम गर्ने बताए ।
संयोजक पार्दैका अनुसार आफुहरुले संसारभरीका देशमा यस्को विस्तार गर्दै जाने र नेपालको प्रचलित कानुन अनुसार पछि यो संस्थालाई नेपालमै दर्ता गर्ने पनि जानकारी दिए ।

अभियन्ता पार्देका अनसार बिदेशमा बस्ने नेपाली राहदानी वाहकहरु यो संङघको कार्यकारी भूमिका रहने छन भने अन्य विदेशमा रहेका नेपाली राहदानी बाहेकका अन्य प्रवासी नेपालीहरुलाई मानर्थ सदस्यका रुपमा सदस्यता दिन सकिने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्