१ क्विन्टल सुन प्रकरणमा भन्सारका ३ कर्मचारीसहित ६ जना पक्राउ

आइतबार, साउन ७, २०८०

काठमाडौं । १ क्विन्टल अवैध सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान बिभागले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ।

बिभागले १ क्विन्टल  सुन तस्करीमा सघाएको आरोपमा भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्स–रे प्राविधिक सरोज श्रेष्ठलाई आज पक्राउ गरेको हो। 

त्यस्तै विभागले भन्सार एजेन्ट रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुलीलाई पक्राउ गरेको छ। यसअघि यहि प्रकरणमा दश जना पक्राउ परिसकेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्