दक्षिणकालीको खोंचमा महिला र पुरुष मृत भेटिए

बिहीबार, जेठ २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा दुई जनाको शव भेटिएको छ। 

दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा एक जना पुरुष र महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले शव फेला परेको स्थान नजिक वेवारिसे अवस्था रहेको बागमती प्रदेश -००२च-०२७ च ३८१२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

आज स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्