सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । बजेटको विश्वसनीयता नभएको भन्दै नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेका छन् ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका हुन् ।
उनले जे लेखे पनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुँदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।
उनले बजेटमा लिइएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् ।
उनले वैदेशिक सहायता ५२ अर्ब आउँछ भनेर बजेटमा उल्लेख गरिएको तर गत वर्ष ५० अर्ब आउँछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।