पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालो झण्डा, ११जना पीडित पक्राउ, दुई घाइते

बुधबार, जेठ २३, २०८१
Neuro hospital Nepalgunj

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् ।

पोखरास्थित सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई आन्दोलनरत सहकारी पीडित हरुले आज कालो झण्डा र ब्यानर देखाएका थिए।

सो क्रममा प्रहरीले कालो झण्डा देखाउने सहकारी पीडितमाथि धरपकड गर्दै ११ जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलनरत २ जना सहकारी पीडित प्रहरीको कुटाइबाट घाइते भएका छन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्