भारतीय लोक्सभा चुनाव: कुन दलको कति सिट? सरकार बनाउन जयदु र टीडीपी निर्णायक

बुधबार, जेठ २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतको सन् २०२४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले २४० सिट जितेको छ। कुल ५४३ सिटका लागि भएको चुनावमा भाजपाले २४० सिट जित्दा भारतीय राष्ट्रिय  कांग्रेस पार्टीले ९९ सिट जितेको छ। यसअघि सन् २०१९ को चुनावमा कांग्रेसले ५२ सिटमात्रै जितेको थियो।

कुल ५४३ मा भाजपाले २४० सिट जितेपनि एकल बहुमत ल्याउन भने सकेन। तर भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले २३१ सिट जित्न पुगेको छ।

यसअघिको चुनावमा भाजपाले एक्लै ३०३ सिट जित्दा यसपटकको चुनावमा भाजपाले पहिलाको तुलनामा ६३ सिट गुमाएको छ।

त्यसैगरि समाजवादी पार्टीले ३७ र टीएमसीले २९ सिट जितेका छन् । द्रविड मुन्नेत्र कजगमले २२ र तेलुगु देसामले १६ तथा जनता दलले १२ सिट जिते। चुनावको परिणाम अनुसार लोकसभामा भाजपा सबैभन्दा ठुलो दल बनेकाले भाजपाकै नेता नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्ने देखिएको छ। तर,टीडीपीको १६, जदयुसँग १२ सिट जोडदा २८ छ। यो दुई पार्टी सरकार बनाउन निर्णायक देखिएको छ। उनीहरु भाजपालाई समर्थन नगरेमा भाजपाले सरकार बनाउने सम्भावना न्युन देखिएको छ।

टीडीपीका अध्यक्ष चन्द्र बाबू नायडु र जयदु पार्टीका अध्यक्ष एवं बिहारका मुख्यमन्त्री नीतिश कुमारको समर्थनबिना भाजपाले सरकार बनाउन नसक्ने भएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्