उत्तर प्रदेशमा भाजपालाई लाग्यो झट्का

मंगलबार, जेठ २२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतमा सम्पन्न लोकसभा निर्वाचनको मतगणना जारी छ।  आज बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडि रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।

अहिलेसम्म एनडीए गठबन्धन २९६ स्थानमा अगाडि छ । दुई सिट भाजपाले जितेको छ । तर भाजपाले बहुमत गुमाएको छ । इन्डिया गठबन्धन २१३ स्थानमा अगाडि रहेको छ ।

भाजपाले एडीए गठबन्धनभित्र २३८ सिटमा अग्रता लिएको छ भने दुई सिट जितेको छ । भाजपाले केन्द्रमा बहुमत भने गुमाएको छ । भाजपाले सन् २०१९ को निर्वाचनको तुलनामा ६३ सिट कम ल्याउने देखिउको छ । 

विपक्षी गठबन्धनले सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा ठूलो जित हासिल गर्ने संकेत देखिएको छ । ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि रहेको छ । 

जबकि २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो । यस पटक समाजवादी पार्टी ३४ र कांग्रेस ७ सिटमा अगाडि रहेको छ । यो समाजवादीको ठूलो फड्को हो । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्