टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीलाई ऐतिहासिक जित निकाल्न प्रधानमन्त्रीको शुभकामना

मंगलबार, जेठ २२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।

नेपाल१० वर्षपछि टी-२० विश्वकपमा छनौट भएर आज आफ्नो पहिलो खेल खेल्दैछ। आजको जित अति महत्त्वपूर्ण हुने हुँदा प्रधानमन्त्री प्रचण्डले टोलीलाई जितको शुभकामना दिएका हुन् । उनले भनेका छन् नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ।

यस्तो छ प्रधानमन्त्री प्रचण्डको शुभकामना- 

‘‘विश्वकपमा नेपाल’’ 

एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्