उच्च मनोबलले नेदरल्यान्डस्‌लाई हराउने लक्ष्यमा नेपाल, अब श्रीलंकालाई छ नेपालकै डर

मंगलबार, जेठ २२, २०८१
Neuro hospital Nepalgunj

अमेरिका । आज राति टी-२० विश्वकपमा नेपालले पहिलो खेल खेल्दैछ। नेपाली समयअनुसार राति सवा ९ बजे नेपालले नेदरल्यान्डस् विरुद्ध विश्वकपमा आफ्नो पहिलो खेल खेल्न लागेको हो। १० वर्षपछि विश्वकपआअ सहभागी बनेको नेपालले आजको खेलबाट सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ।

नेपालको पहिको खेलमा नेपाली टोलीलाई समर्थन गर्न अमेरिकास्थित नेपाली जनसम्पर्क समितिले अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियममा उपस्थित हुन आग्रह गरेका छन्।

नेपालले पहिलो खेल मंगलबार राति ९ः१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।

'उक्त प्रतिस्पर्धामा नेपाली खेलाडीको मनोबल बढाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ। हामीले प्रदान गरेको हौसलाले खेलाडिहरूलाई जित्न बल पुग्ने सेतु हुनसक्छ।"सभापति आनन्द विष्टले भने । नेपाल सुपर ८ मा पुग्न सफल भएमा नेपालको शिर थप चुलिने छ। त्यसैले यहाँहरू सबैको गरिमाय सहभागिताका लागि विनम्र अनुरोध गर्दछुु, विष्टले एक अपिल जारी गर्दै भनेका छन्।

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम टी–२० विश्वकप मैदानमा उत्रिने भएको छ। यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी–२० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो।पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। 

आजको खेल जिते नेपाल उच्च मनोवलका साथ श्रीलंकालाई हराउन सक्ने सम्भावना देखिएको छ।पहिलो खेलमा साउथ अफ्रिकासँग लज्जास्पद तरिकाले पराजित भएको श्रीलंकालाई अब नेपालकै डर देखिएको छ। आजको नेदरल्यान्डस् विरुद्धको खेलमा नेपाली समर्थक बढी हुने देखिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्