गिरिबन्धु टी-स्टेटबारे केपी ओलीको जवाफ- बालेनलाई सोध्नुहोस्

सोमबार, जेठ २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-स्टेटका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन) सँग सोध्न आग्रह गरेका छन् ।

आज संसद भवनमा पत्रकारको प्रश्नको जवाफमा अध्यक्ष ओलीले गिरिबन्धु टी-स्टेटका बारेमा मेयर बालेनलाई सोधेरै उतैबाट जावाफ माग्न भनेका हुन् ।

आज एकाबिहानै बालेनले सामाजिक सन्जालमा लेख्दै गिरिबन्धु टी-स्टेटका बारे केपी ओलीकै नाम तोकेर गिरिबन्धु टी-स्टेटको बैना फिर्ता दिन आग्रह गरेका थिए।

बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन सचेत गराएका थिए । 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्