फेरि मन्त्री बनिन् बाँकेकी नमुना केसी

सोमबार, जेठ २१, २०८१
Neuro hospital Nepalgunj

बाँके  । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । महराले आज माओवादीकी बाँके निर्वाचन क्षेत्र नं.१(१) बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । 

मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को बिस्तार गरेपनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय आफैंले राखेका थिए । 

नवनियुक्त मन्त्री केसीले आज नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरेकी छन् । उनी यसअघि पनि पटक(पटक मन्त्री बनिसकेकी छिन् । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्