सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा पिच गर्ने विषयमा सडक विभाग र काठमाडौंको नगर प्रहरीबिच विवाद भएको छ।
आज बिहान काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सडक विभागले पिच गर्न थाल्दा मेयर बालेन्द्र साह (बालेन) ले नगर प्रहरी पठाएपछि विवाद हुन पुगेको हो।
काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर सडक विभागले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो । आज विभागले सडक पिच गर्न खोज्दा बालेनले अवरोध गरेका हुन् ।