बागी उम्मेद्वारी दिएका तिवारी कांग्रेसबाट निष्कासित

आइतबार, साउन ७, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध आफ्नो नेतृत्वमा प्यानलसहित उम्मेदवारी दिएका विष्णुप्रसाद तिवारीलाई पार्टीबाट निष्काशन गरेको छ । 

तिवारी कांग्रेसका क्रियाशील सदस्य एवम् कोहलपुर नगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष हुन् । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ का क्रियाशील सदस्य हरिप्रसाद अधिकारीले अन्य समूहका उम्मेदवारहरुको प्रस्तावक र समर्थक भई पार्टीलाई क्षती हुने कार्य गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको छ । 

अनुशासन समिति संयोजक टंकप्रसाद काफ्ले (आशिष) ले तिवारी र अधिकारीलाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम ५ बर्षका लागि पार्टीबाट निष्कासन गरिएको बताए ।

काफ्लेले उनीहरुको प्रचारप्रसार नगर्न निर्देशन दिँदै त्यसो गरेको पाइएमा स्पष्टीकरण सोध्नुका साथै कार्वाही गरिने चेतावनी दिएका छन् ।

कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन साउन १२ गते हुँदैछ । उक्त निर्वाचनमा नेपाली  कांग्रेसबाट टेकनारायण भुषालको प्यानल प्रतिष्पर्धामा छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्