अबको हिसाब किताब प्रधानमन्त्रीसँग हुन्छ....

आइतबार, जेठ २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं। अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले बताएका छन् । यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै महामन्त्री थापाले अब आफूहरुको हिसाबकिताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखकोसमेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउँदै यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।   

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउँदै भनेका छन्, ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउँछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौँ र यही संसदमा लिन्छौँ ।’

उनले सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउँदै अब संसदमा आफूहरुले जनसरोकारका विषय उठाउँदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्